March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अखिल नेपाल फुटबल संघका प्रवक्ताले दिए राजीनामा

अखिल नेपाल फुटबल संघका प्रवक्ताले दिए राजीनामा

साउन १८, काठमाडौं ।

Advertisement

नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पुष्टि गरेका छन् । उनको राजीनामाको कारण भने खुलाइएको छैन ।

Advertisement

राईले प्रवक्ता पदबाट राजिनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा सबै मिले मात्रै नेपाली फुटबलको विकास हुने प्रष्ट पारे । अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै अहिले एकले अर्कालाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गरेका हुन् । उनले केन्द्रीय सदस्य पदमा भने आफू यथावत रहेको पनि बताए ।

एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी बैशमा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ । यस विषयमा पनि राईले दुवै पक्षले अहिले गरिरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरका छन् । यसैगरी नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रकरणलाई पनि यही थाँति राख्नु पर्नेमा जोड दिए ।