December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

कांग्रेसका संस्थापनइतरको समुह आफ्नो पक्षले सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने

कांग्रेसका संस्थापनइतरको समुह आफ्नो पक्षले सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका संस्थापनइतरको समुह आफ्नो पक्षले सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने भएको छ । महामन्त्री डा शशांक कोइरालाले सोमबार तेस्रो पुस्ताका नेतासँग गरेको छलफलमा उक्त निष्कर्ष निकालिएको हो ।

सम्मानजनक हैसियतबिना सरकारमा जान नहुने विषय बैठकमा युवा पुस्ताका नेताले राखेका छन् । तीन जना मन्त्री बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले इतर पक्षबाट बनाएका छैनन् । संस्थापनइतरलाई छुट्याइएको मन्त्री संख्या पनि कम रहेको पार्टीमा चर्चा चलिरहेको छ ।
बैठकले वडा तहको अधिवेशन सुरु गरेर बीचमा तल्लो तहका अन्य अधिवेशन रोक्न नहुने सुझाव दिएको छ । तेस्रो पुस्ताका नेताहरुको बैठकले संस्थापनइतरमा रहेर सभापतिमा दाबी गरेका सबै नेताहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएको छ । संस्थापनइतरको एकीकृत बल कायम राख्न युवा नेताहरूको सक्रियता बढाउने निर्णय पनि गरिएको छ ।

कमला पन्त, दीपक गिरी, रत्ना शेरचन, गुरुराज घिमिरे, बद्री पाण्डेय, प्रदीप पौडेल, कल्याण गुरुङ, गगन थापा, धनराज गुरुङ, सरिता प्रसाईं, किरण यादव, जीवन परियार लगायतका तेस्रो पुस्ता नेता बैठकमा सहभागी थिए । नवीकरण भएका क्रियाशील सदस्यमा संस्थागत धाँधली भएको उनको दाबी थियो । एक लाखमा क्रियाशील सदस्यमा कतै नाम थपेर र कतै खाली राखेर धाँधली गरिएको उनको जिकिर थियो । क्षेत्रबाट पहिले पठाएको सूची र केन्द्रले पठाएको सूचीको पुनरावलोकन हुनुपर्ने यो समुहको माग छ ।

Advertisement