March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भारतमा थप ४२० कोरोना संक्रमितको मृत्यु, ३० हजार नयाँ संक्रमित

काठमाडौँ– भारतमा एकैदिन थप ४२० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।

त्यस्तै पछिल्लो दिन ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ३१ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् ।

Advertisement