March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा मंगलबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन ‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु ।’

आफ्नो जीवनको सपना भनेकै नेपाली क्रिकेटको उन्नति रहेको बताउँदै उनले लेखेका छन्, ‘यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यक छ। इमानदारीका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाइमा पु¥याउनेछौं ।’

Advertisement