March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विकल्प दिए राजीनामा दिन्छुः कार्यकारी निर्देशक शाक्य

विकल्प दिए राजीनामा दिन्छुः कार्यकारी निर्देशक शाक्य

साउन २०, काठमाडौं ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई वैकल्पिक बाटो दिनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भने, ‘वैकल्पिक बाटो दिए म मान्छु, यही दिनु भन्ने केही छैन ।’ सरकारले जुन स्थानमा खटाए पनि आफु काम गर्न तयार रहेको भन्दै उनले महामारीको बीचमा प्राधिकरणमा बसेर आफुले उल्लेख्य काम गरेको बताए । ‘कोरोनाको समयमा पनि प्राधिकरणले राम्रो काम गरेको छ, मेरो कारणले प्राधिकरणको बदनाम नहोस् भन्ने हो,’ उनले भने ।

Advertisement