March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, एकता र सरकारमा सहभागीका बिषयमा निर्णय गरिने

नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, एकता र सरकारमा सहभागीका बिषयमा निर्णय गरिने

काठमाडौँ– नेकपा एमालेले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । नेपाल–खनाल समूहको बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन छ ।

Advertisement

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल–खनाल समूहलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल–खनाल समूहलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत भएको छैन ।

Advertisement

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता माधव कुमार नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने नेपाल समूहको बैठक अनाधिकृत भएकाले सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।