कर तिर्दा सर्वरमा समस्या आएपछि करदाता न्यायको लागि सर्वोच्चमा
काठमाडौं । करदाताहरुले असार महिनाको कर तथा विवरण बुझाउने अन्तिम दिन साउन २५ गते विभागको सर्वर डाटा अपलोड गरे । सर्वरमा समस्या देखिई रहयो । यो क्रम साउन २४ गतेबाट नै चलेको थियो । यसरी सर्वरमा समास्या आउँदा विवरण त अपलोड भए न नै करदाताले जरिवाना समेत तिनुपरो । यसरी सर्वरमा समस्या देखिएपछि कर तिर्नको लागि अनलाइनबाट विवरण बुझाउन निर्धारित समयमा नसकेपछि करदाता अदालतको ढोका ढकढकाउन पुगेका हुन् ।
आन्तरिक राजस्व विभागको प्रावधिक समस्याका कारण कर विवरण बुझाउन नपाएका करदाता अदालत पुगेका छन् । विभागले जरिवाना लिन सक्ने भन्दै करदाता सर्वोच्च अदालत पुगेका हुन् । सरकारविरुद्ध अधिवक्ता सृजना अधिकारीसहित ६ जनाले अदालतमा निवेदन दिएका छन् । यसमा करदाताले जरिवाना तिर्नुपर्ने भएपछि मुद्दा दायर गरेका हुन् ।
पटक–पटक समस्या भोग्नुपरेको भन्दै यसको दीर्घकालीन समाधन गरी करदातालाई जरिवानाबाट मुक्त गर्न निवेदनमा माग गरिएको छ । उता विभागले भने करदाता एकै पटक प्रणालीमा आएपछि समस्या आएको बताएको छ । विभाग अनुसार प्रविधिमा सुधार गर्नका लागि एक समिति बनाइएको छ ।
समितिले थप अध्यायन गरी समस्याको दीर्घकालीन समाधान बारे सिफारिस गर्नेछ । सर्भर समस्याका कारण विवरण बुझाउन ढिलो भएका करदाताले जरिवाना तिर्नुपर्ने÷नपर्ने विषय पनि समितिले नै सिफारिस गर्नेछ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार धेरै ट्राफिक एकैपटक ओइरिँदा साइटमा समस्या आएको हुन सक्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस्