March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मौद्रिक नीतिपछि वाणिज्य बैंकहरुको ब्याजदर परिवर्तन, कुन बैंकको कति परिवर्तन ?

मौद्रिक नीतिपछि वाणिज्य बैंकहरुको ब्याजदर परिवर्तन,  कुन बैंकको कति परिवर्तन ?

मौद्रिक नीति आएपछि यसको दवावमा तरलता अभाव हुने डरले केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । यही भदौ १ देखि लागू हुनेगरी धेरै बैंकहरुले नयाँ ब्याजदर बढाउँदै सार्वजनिक गरेका हुन् । बैंकहरुले ०.२५ देखि १.२५ प्रतिशतसम्म ब्याजदर बढाएर सार्वजनिक गरेका तथ्याङकले देखाउँछ ।

Advertisement

केन्द्रीय बैंकले सीसीडी खारेज गरेर सीडी रेसियो कायम गर्ने नीति लिएपछि तरलता अभाव हुने भएकाले बैंकहरु ब्याज बढाएको जनाएका छन् । धेरै बैंकले व्याजदर बढाएका छन् भने केही सिमितले व्याज घटाएका पनि छन् । केही बैंकले भने मौद्रिक नीतिको कुराहरु कसरी कार्यन्वयन हुनेछ भनेर पर्ख र हेरको अवस्थामा रहेर ठोस निर्णय गरिसकेको छैनन् । निक्षेपमा सर्वाधिक सिभिल बैंकले २ वर्ष बढी अवधिका लागि ८.७५ प्रतिशत व्याजदर सार्वजनिक गरेका छन् । औषतमा ६ देखि ८ प्रतिशतको बीच ब्याजदर कायम गरिएको छ ।

Advertisement

नबिल बैंक

नबिल बैंकको न्यूनतम ब्याज ३.०१ प्रतिशत छ भने अधिकतम ब्याज ५.०१ प्रतिशत कायम छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१% निर्धारण गरेको छ । यता, बैंकको असार मसान्तसम्म बेस रेट ५.८६% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने भएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९% देखि ११% सम्म ब्याजदरमा कर्जा निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको जनाएको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५% तोकेको छ । असार मसान्तसम्म बैंकको आधारदर ७.२६% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक
कृषक र सर्वसाधारणले सर्वाधिक रुचाएको कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% देखि अधिकतम ५% सम्म ब्याजदर दिने भएको छ । कृषिले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% तोकेको जनाएको छ । असार मसान्तसम्म बैंकको आधार दर ७.१३% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।

नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज ३.०५% देखि अधिकतम ४.५५% सम्म ब्याजदर कायम गरेको जनाएको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५% तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.७३% छ । यसमा १.५०% देखि ३.५५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.४९% देखि १२.४९% सम्म छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले भदौ १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६% देखि ७.२५% र संस्थागत मुद्दति निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याज दिने भएको छ । यस बैंकले असार महिनाको आधार दर ४.३७% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २.५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा भने व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । जेठ असार मसान्तसम्म बैंकको आधार दर ६.७०% रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ३% राखेको छ । एक वर्षभन्दा माथिको मुद्दतिव्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । बैंकको असार मसान्तसम्मको आधार दर ७.८०% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । बैंकको असार मसान्तसम्मको आधार दर ७.५५% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइ छ । स्थिर कर्जाको लागि १०.५०% देखि १३% ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.३३% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने भएको हो ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५% तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५% निर्धारण गरेको छ । यता, बैंकको असार मसान्तसम्मको बेस रेट ७.३७% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ६.५०% तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

प्रभु बैंक
प्रभु बैंकले समेत मुद्दती निक्षेपको ब्याज दर ८.२५ प्रतिशत पु¥याएको छ । यस अघि ७ प्रतिशत कायम थियो । यता, नेपाल बैंकले न्यूनतम ३.०५ प्रतिशत र अधिकतम ४.५५ प्रतिशत पु¥याएको छ । यस्तै, मुद्दतीको ब्याज दर सात प्रतिशतबाट बढाएर ८.०५ प्रतिशत पु¥याएको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्यनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २.५०% देखि अधिकतम ३.५% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६% देखि ७% सम्म ब्याजदर तोकेको छ । विभिन्न प्रकारको कर्जातफ आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको असार महिनामा आधार दर ७.९०% छ । बैंकले न्यूनतम ९.९९% देखि अधिकतम ११.४९% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६% सम्म ब्याज पाइनेछ । बैंकको जेठ असार मसान्तसम्मको आधार दर ६.८४% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।
यता, यसको असार महिनामा आधार दर ७.१६% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६% र न्यूनतम ७.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.२१% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.५७% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.४१% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म रहेको छ ।

बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको असार मसान्तसम्मको आधार दर ७.४४% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको जनाएको छ । मुद्दति निक्षेपमा समय निर्धारण गरेको लक्ष्मील्े व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७.५% ब्याज दिने भएको छ । बैंकको असारसम्मको आधार दर ८.०८% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।

सिभिल बैंक
सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा न्यूनतम ४.०५% देखि अधिकतम ५.०५% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ८.७५% सम्म ब्याजदर दिने जनाएको छ । बैंकले असार महिनामा आधार दर ७.८३% तोकेको छ ।