March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्र बैंकद्धारा प्रदेश नं. २ को आर्थिक अबस्था सार्वजनिक : कोभिडले माछापालन समेत प्रभावित (पूर्ण पाठसहित)

विश्वब्यावी रुपमा आएकाो कोरोना महामारीले प्रादेशिक संरचनामा उच्च महत्व राखेको माछा पालनमा समेत प्रभाव पर्ने देखिएकाो छ । नेपाल राष्ट्र बैंकले प्रदेश नंं २ को आर्थिक अबस्थाको सार्वजनिक गर्ने क्रममा प्रदेश नं २ को आर्थिक क्षेत्रको महत्वपूर्ण भूमिका खेल्ने माछापालनमा समेत प्रभाव पर्ने देखाएको हो । राष्ट्र बैंकले प्रादेशिक अर्थतन्त्रको रिपोर्ट सार्बजनिक गर्दे उक्त असर देखाएको हो ।
राष्ट्र बैंक प्रदेश २ ले सार्वजनिक गरेको रिपोर्ट अनुसार औधोगिक, उत्पादन क्षेत्रमा कोभिडले असर पार्ने देखाएको छ ।

Advertisement

सार्वजनिक गरेको तथ्याङक अनुसार भौगोलिक हिसावले समतल भू–भागमा अवस्थित रहेको यस प्रदेश आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध प्रदेशको रुपमा विकसित हुन सक्ने सम्भावित प्रदेश हो । कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दु समेत भएको कारणले यस प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको छ । यो प्रदेशमा कुल जनसंख्याको करिव २१.० प्रतिशत जनसङ्ख्या बसोबास गर्ने भएकोले ठूलो श्रमशक्ति तथा श्रमबजारको समेत लाभ रहेको छ । परम्परागत रुपमा हँुदै आएको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नु, उत्पादनमूलक उद्योगधन्दा तथा कलकारखाना स्थापना गरी उत्पादन बढाउनुका साथै औद्योगिक विकास गर्नु रहेको देखाएको छ ।

Advertisement

भारतीय सीमा नजिक भएकोले उत्पादनशील उद्योग तथा कलकारखानाहरु स्थापना गरी उत्पादित वस्तु तथा सेवा भारततर्फ निकासी गर्न समेत तुलनात्मक रुपले निकै सहज छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा यस प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी ४०.५७ प्रतिशत योगदान रहेकोछ भने खानी तथा उत्खनन् क्षेत्रको सबैभन्दा कम योगदान ०.५७ प्रतिशत रहेको छ । यस प्रदेशको करिब ६१.० प्रतिशत भू–भागमा कृषिजन्य क्रियाकलाप हुने रिपार्टले देखाएको छ ।

यस प्रदेशमा विभिन्न धार्मिक मठ मन्दिर तथा ताल तलैयाहरु रहेका कारण धेरैे संख्यामा भारतीय पर्यटकहरुको आवागमन हुने गर्दछ । अन्य प्रदेशको तुलनामा पौराणिक महत्वका ताल तलैयाहरु प्रशस्त रहेकाले यस प्रदेशमा धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको देखाएको छ ।

 

वैदेशिक रोजगारीको लागि विदेशमा रहेका युवाहरुले पठाएको विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु, प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास गर्नु, वर्षेनी श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई उचित रोजगारीको अवसर उपलब्ध गराउनुका साथै उत्पादनमुलक काममा लगाउनुर श्रम बजारमा व्याप्त श्रमको अल्प उपयोगलाई सकेसम्म बढी उपयोग हुने वातावरण तयार गर्नुका साथै पूर्वाधार विकास निर्माणका कार्यलाई तीव्रता दिनु आदि यस प्रदेशका प्रमुख चुनौतीहरु रहेका रिपार्टमा देखाएको हो ।

नेपालमा जल मनोरञ्जनका श्रोतहरु कम भएको सन्दर्भमा यस प्रदेशका जनकपुरधाम क्षेत्रमा धेरै संख्यामा रहेका पोखरीहरुको सरसफाई तथा सडक पूर्वाधार सुधार गरी गुणस्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरी मनोरञ्जनात्मक क्रियाकलापमा वृद्धि गर्न सके यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गरी राजस्व संकलनमा समेत वृद्धि गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।