March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विद्यालय संचालन हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना होस्

विद्यालय संचालन हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना होस्

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो । जिल्ला प्रशासन कार्यालयले बुधवार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रस“ग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो । जिप्रकाले स्थानीय तहले विद्यालय खोल्न सक्ने भनेस“गै काठमाडौंमात्र होइन– देशभरका विद्यालय शिक्षा समितिका पदाधिकारीस“ग स्थानीय तहका प्रतिनिधि बसेर विद्यालय खोल्न पाउनेछन् ।

Advertisement

विद्यालय खुल्न पाउने निर्णयस“गै बालबालिकामा कोरोनाको भय के भन्ने प्रश्न उठेको छ । हुन त विश्वमा कोरोनाको असर नपरेको क्षेत्र र मुलुक शायद छैन होला । आर्थिक क्षेत्र डामाडोल बनाएकै छ । अर्थतन्त्रमा अब्बल मानिएका देशले आर्थिक क्षेत्र सुधारका लागि सुरक्षाका योजना बनाए । सबै क्षेत्र चलायमान पनि भएका छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । क्रमशः उद्योग, कलकारखाना, पर्यटन, बजार पसल खुले पनि दीर्घकालीन योजना नहु“दा पुनःकहिले बन्द हुन्छ, टुंगो छैन । अझै शैक्षिक क्षेत्र त डामाडोल नै छ । विद्यालयमा पिपल उम्रिएको छ । लेउ लाग्दै गरेका छन् । ढोका र झ्यालमा माकुराले थुप्रै पुस्ता उत्पादन गरेर आफ्नो वंश बढाइसकेका छन् । तर, हाम्रो सरकार अनलाइन पढाउने निर्देशिका जारी गरेर सिंहमाथि विराजमान छ । जुत्ताचप्पल नलगाई स्कुल जानुपर्ने, आङ ढाक्ने एकसरो कपडा लगाउन नपाउने, किताबकपी देख्नै नपाउने अनि स्कूल गएमा खाजा खान पाउने आशा बोकेका बालबालिकाले अब गाईभैैंसी, बाख्राकुखुरास“ग घरै बसेर अनलाइन पढ्न पाउने सौभाग्य प्राप्त गर्दैछन् ।

Advertisement

नागरिकलाई शिक्षा दिने दायित्व राज्यको हो । कस्तो शिक्षा दिई कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षानीति र कार्यान्वयनको पक्षले निर्धारण गर्छ । समाजमा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा असन्तुष्टि, आलोचना वा गुनासा बढिरहेका छन् नै कोरोनको कारणले समेत असन्तुष्टि थपिएका छन् । शिक्षा समयसापेक्ष भएन भन्नेमा बहस र विमर्श भइरहेकै छन् । यही समय कोरोनाले शिक्षा झन तहसनहन बनाएको छ । नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षबाटै पढाइ सुचारु छ । वैकल्पिक माध्यमबाट पढाइ, परीक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि रोकिएका छैनन् । नेपालमा भने केहीले अनलाइन कक्षा चलाए पनि सबैमा कसरी सञ्चालन गर्ने बहसमात्रै छ । बालबालिका विद्यालय नगएको वर्षौं भयो । २०७६ चैत ११ गते लकडाउन हुनुभन्दा अघिदेखि नै शैक्षिक क्षेत्र बन्द थिए । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठनपाठन ठप्पप्रायः छ । विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा पा“च लाखभन्दा बढी अध्ययनरत छन् । केही प्रतिशत विद्यार्थी अनलाइन कक्षामा आबद्ध छन् भने यसको पहु“चमा नपुगेका लाखौं छन् । विद्यालय र विश्वविद्यालय बन्द हु“दा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ ।

मुलुकभर ३५ हजार पा“च सय २० विद्यालय छन् । तीमध्ये २८ हजार आठ सय ३३ सामुदायिक र छ हजार छ सय ८७ संस्थागत छन् । सामुदायिकमा ५५ लाख ८७ हजार आठ सय ८४ र २५ लाख ४४ हजार पा“च सय ५१ गरी ८१ लाख ३२ हजार चार सय ३५ विद्यार्थी छन् । सबै विद्यार्थी घरमै छन् । घरमै बसेर पढ्न र सिक्ने वातावरण उनीहरूलाई छैन । कोरोना महामारीले शैक्षिक क्यालेन्डर नै परिवर्तन गराएको छ । परीक्षा लिने र दिने अवस्थामा फेरबदल आयो । कुन परीक्षा कहिले हुन्छ र नतिजा आउ“छ भन्ने निश्चित मिति हुन छाड्यो । तोकिएका परीक्षा पनि स्थगन भए । विद्यार्थीले कसरी पढ्ने र परीक्षाको तयारी गर्ने सबै नियम हराए । लक्ष्य राखेर उच्च शिक्षा हासिल गर्न खोज्ने विद्यार्थीको योजना डामाडोल बन्यो । विद्यालय बन्द हु“दा भौतिक संरचनामा पनि असर परेको छ । कति विद्यालय त अब फेरि खोल्नुपरे पुनःमर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

शैक्षिक क्षेत्रभित्रको समस्या धेरै भए पनि हालसम्म यसका समाधानमा सरकारका तर्फबाट कुनै प्रयास भएको छैन । कोरोना मानव स्वास्थ्यमा थपिएको नया“ रोगको सूची हो । यो रोगस“ग अब जुधेर बा“च्नुको विकल्प छैन । पहिलेजस्तो दैनिकी र कार्यसम्पादन नभए पनि फरक रूपमा चल्नै पर्छ । त्यसैले बन्द भएका क्षेत्र खुल्ला गर्दै लैजानु पनि छ । अन्य क्षेत्रजस्तो शैक्षिक संस्था खुल्ला गर्न सहज त छैन । तर, विकल्प खोज्न सकिन्छ । अन्य मुलुकले चालेका सही कदमको सिको गर्न सकिन्छ ।खोपको विकास भएको छ । उमेर मापदण्ड पुगेका विद्यार्थीलाई खोप दिएर भौतिक रूपमै कक्षा सञ्चालन गर्न सकिन्छ । अझै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप दिएर पठनपाठन र परीक्षा सञ्चालन गर्ने विकल्प छ । यो सरकारका लागि गाह्रो काम होइन । यसका लागि मात्रै योजना बनाएर सानो प्रयास गरे पुग्छ । कोभिड महामारीका कारण पटक÷पटक स्थगन गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने भएको छ । असोज ८ गतेसम्म सञ्चालन हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको हो । परीक्षा आउन आठ दिनअघि पछिल्लोपटक स्थगन गरिएको कक्षा १२ को परीक्षा दुईपटक स्थगन गरिएको थियो । यो तहको परीक्षा गराउनुको कुनै विकल्प छैन । अहिले कम्प्युटर र इन्टरनेटको विकासले मानिसको जीवनशैली बदलिएको छ ।

सञ्चार र यातायातले संसारलाई नै एउटा गाउ“जस्तो बनाएको छ । संसार डिजिटलाइज्ड भइसकेको छ । उल्लेखित उपलब्धि पनि शिक्षाका देन हुन् । यस दृष्टिकोणबाट हेर्दा शिक्षा आविष्कारको जननी हो । शिक्षाभित्र साना बालबालिकालाई अनलाइन कक्षासहित खोप नआएसम्म अन्य विकल्पबाट शिक्षा दिए हुन्छ । भौतिक रूपमा पनि सामाजिक दूरी कायम गरेर पठनपाठन गराउन सक्ने संरचना भएका विद्यालय सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ । कोरोनाको जोखिम र विद्यार्थीको चाप नभएका जिल्लामा स्वास्थ्य मापदण्ड अपनाउ“दै विद्यालय खोल्न सकिन्छ । तर मन्टेस्वरी र प्लेगु्रपका विद्यालय खोल्नु अहिले नै आवश्यक छैन । यस विषयमा सरकार समयमै गम्भीर बनोस् ।