March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

सेयरबजार ओरालो लागेपछि माइतिघरमा धर्ना, माग पुरा नभए आमरण अनसन बसिने

पछिल्ला दिनमा सेयर बजारमा ठूलै उथपपुथल आइरहेको छ । विशेषगरी नेपाल राष्ट्र बैंकले मार्जिन कल सिमा निर्धारण गरेपछि यसैलाई मसला बनाएर सेयर लगानीकर्ता संधर्ष समिति बनाएर आन्दोलनमा होमिएका छन् । सेयरबजार ओरालो लागेपछि लगानी कर्ताको एक समुह माइतिघरमा धर्नामा बस्ने भएको छ । उसले मौद्रिक नीति मार्फत व्यवस्था गरेका ४–१२ करोडको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा गिरावट आएको भन्दै उत्त सिमा सच्याउन मागेको छ ।

Advertisement

यही आनदोलनकारी समुह पूँजीबजार सुधार संघर्ष समितिले दिउँसो ३ बजेदेखि माइतिघर मण्डलामा रिले अनसन सुरु गर्ने भएको हो । रिले अनसन मार्फत पनि आफ्नो मा पूरा नभए भदौ ३० गतेदेखि आमरण अनसन बस्ने समेत संघर्ष समितिले चेतावनी दिएको छ ।

Advertisement

यसअघि पूँजीबजार सुधार संघर्ष समितिले सोमबार पुतलीसडकदेखि नेपाल राष्ट्र बैंकसम्म मोटरसाइकल र्याली आयोजना गरी राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १६ बुँदै ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए । मार्जिन लेण्डिङमा गरिएको ४ र १२ करोड रुपैयाँको व्यवस्था खारेज गर्न माग राख्दै उक्त समिति संघर्षरत रहेको छ ।

केन्द्रीय बैंकले उक्त नीति नियम पहिलो त्रैमासिक समीक्षा मार्फट मात्र परिमार्जन वा खारेज हुनसक्ने भएपनि लागू भएको तीन हप्तामा नै शेयर बजार घट्यो वा बढ्यो भनेर परिवर्तन गर्न नसकिने धारणा सार्वजनिक गरिसकेको छ । तर लगानी कर्ता यो बुद्धा सच्याउन भन्दै ढिप्पी कसिरहेका छन् ।