March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी सार्वजनिक

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी सार्वजनिक

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।  गत सोमबार व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए ।

Advertisement

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन् । अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन । मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल थिए ।

Advertisement

शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो । तर ठोस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो ।