April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

बानेश्वरको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी

बानेश्वरको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी

नेकपा एमालेसँग फुटेर बनेको नेकपा(एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आज उद्घाटन हुने भएको छ। नयाँ बानेश्वरको आलोकनगरमा रहेको उक्त केन्द्रीय कार्यालयको बिहान १० बजे पार्टीका अध्यक्ष माधव नेपालले उद्घाटन गर्नेछन्।

पार्टी अध्यक्ष पालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने जनाएका छन्। कार्यालयको घर पूजा थापा बस्नेतको रहेको छ। केन्द्रीय कार्यालय आरम्भ गरेसँगै नेपालले सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गरेको बताएका छन्।

गत भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएको हो। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्दैछ। बैठकले जिल्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्ने छ।

Advertisement