ग्लोबल आईएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ ऋणपत्रको ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो । १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६÷६ महिनामा व्याज प्रदान गरिनेछ ।
ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएन्पी–आईआर एलए रेटिङ्ग प्रदान गरेकोे छ । रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्