April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

देशभर १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

देशभर १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

असोज ४, काठमाडौं ।

Advertisement

सरकारले सोमबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन शुरु गरेको छ ।   चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० वटा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइँदैछ। ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

Advertisement

काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।

यीबाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान असोज १४ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।