March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

असोज ६, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ३ बजे बस्ने छ । बैठकमा मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए । माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् ।

आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन माओवादीमा सकस छ । तथापि यसअघि मन्त्री नभएका तथा भूगोल र समावेशीका आधारमा मन्त्री चयन गर्ने तयारी भएको साहले बताए । देउबा नेतृत्वको वर्तमान सरकारमा माओवादीका तर्फ जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री छन् । आफूले सपथ लिएको ७० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउबाले नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएका छन् । पाँच दलिया गठबन्धनबाट देउवा नेतृत्वमा सरकार बनेको दुई महिना बढी भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

Advertisement