August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

राष्ट्र बैंकले ३० अर्वको रिपो जारी गर्दे

राष्ट्र बैंकले ३० अर्वको रिपो जारी गर्दे

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता समाधान गर्न नेपाल रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले ७ गते ३००० करोड अर्थात ३० अर्बको रिपो जारी गर्ने भएको हो । राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने छ । यसमा सहभागि हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले अनलाइन मार्फत आबश्यक रकमको बिडिङ गर्नुपर्नेछ ।

गत हप्ता पनि राष्ट्र बैंकले दुई साताको लागि रिपो जारी गरेको थियो । यो साता भने बैंकले एक हप्तको लागि मात्र रिपो जारी गर्न लागको हो । रिपोमा आज दिउसो तीन बजे बोलकबोल हुँनेछ । ७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।

Advertisement