April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

त्रिशूली नदीमा खस्यो कार : ३ बेपत्ता, एक घाइते

त्रिशूली नदीमा खस्यो कार : ३ बेपत्ता, एक घाइते

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खकेको छ । कार त्रिशूली नदीमा खस्दा पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल सहित तीन जना बेपत्ता भएका छन्   इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । सो कारमा लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल पनि सवार रहेको बताइएको । घाइतेको अवस्था मध्यम रहेको छ । कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेलरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् ।
उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । फोटोः संकेतिक

Advertisement