August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

लामो दूरीका सवारी साधनको भाडा बढ्यो, कुन ठाउँको भाडा कति ? (भाडादर सहित)

लामो दूरीका सवारी साधनको भाडा बढ्यो, कुन ठाउँको भाडा कति ? (भाडादर सहित)

असोज ८, काठमाडौं ।
सरकारले दशैँ, तिहार,छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही ११  गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको छ । बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको संयोजकत्वमा बसेको यातायात व्यवसायी, ट्राफिक प्रहरी,प्रहरी, उपभोक्ताकर्मी लगायतको बैठकले ११ गतेबाट लामो दुरीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।

Advertisement

व्यवसायी र सरकारवीच बुकिङ खोल्न यसअघि पनि दुइपटक बैठक बसेको थियो। उनीहरुले बढेको भाडादर सबै प्रदेशले कार्यान्वयन गर्नुपर्ने, सडकहरु क्षतविक्षत भएकाले मर्मत गर्नुपर्ने माग गरेका  थिए।  सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

Advertisement

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे । सार्वजनिक सवारी साधानको भाडा २८ प्रतिशतसम्मले बढेको छ । यात्रुवाहक सवारी साधनको भाडा सरकारले २९ असार २०७८ मा बढाउन गरेको निर्णय अनुसार यस्तो भाडा बढेको जानकारी दिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको वारी भाडा बृद्धिको सूचीमा यात्रुबाहक सवारीमा बसैभन्दा बढी बढेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडामा २६ प्रतिशतले बढेको छ । सरकारले यस अघि २०७२ सवारी साधानको भाडा नबढाएको र इन्धनलाई मात्रै आधार बनाएर ७ असोज २०७५ मा १० प्रतिशतले भाडा समायोजन गरेको उल्लेख गरेको छ । लामो समयदेखि भाडा नबढेको कारण एक प्रदेशबाट अर्कोमा जाने तथा राष्ट्रिय स्तरका सार्वजनिक यातायात रुटमा चल्ने सवारी सााधमा बढेको भाडा तत्कालै लागू हुने उल्लेख  छ ।

असार भाडादर