August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

पर्यटकका लागि खुल्यो नेपाल, आगमनपछि क्वारेन्टिन बस्नु नपर्ने

पर्यटकका लागि खुल्यो नेपाल, आगमनपछि क्वारेन्टिन बस्नु नपर्ने

असोज ८, काठमाडौं ।
सरकारले कोरोना संक्रमण दर कम भएसँगै  विदेशी पर्यटक आगमनका लागि बाटो खुला गरेको छ । सरकारले  कोभिड–१९ विरुद्धको दुई डोज  खोप लगाएका पर्यटक  होटेल क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएकालाई क्वारेन्टिन बस्नपर्ने व्यवस्था हटाइएको बताए । भ्याक्सिन नलगाएका पर्यटकको हकमा भने अनिवार्य तोकिएको ठाउँमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

Advertisement

नेपाल आउने विदेशी नगारिकले पुरा गर्नुपर्ने सर्तहरूमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटेल बुक गरेको प्रमाण र सीसीएमसीको अनलाइनबाट फरेको फारमको प्रिन्ट प्रति पनि हुनुपर्ने छ ।

Advertisement

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने छ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिर्वाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्ने व्यवस्था पनि आदेशमार्फत गरिएको छ । यसैगरी स्थलमार्गबाट नेपाल प्रवेश गर्नेहरूले नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको विदेशबाट नेपाल आउने व्यक्ति गर्नुपर्ने फारम सीसीएमसीको वेबसाइटबाट भर्नुपर्ने र त्यसको प्रिन्टप्रति साथमा रहेको भारतीय नागरिकले नेपाल भारत सीमाको स्थलमार्गबाट नेपाल प्रवेश अनुमति दिइनेछ ।

सरकारले कोरोनाका कारण ०७६ फागुनदेखि पर्यटकलाई अनअराइभल भिसा रोकेको थियो । क्वारेन्टिनमा बस्नु नपर्ने र अनएराइभल भिषा सहज गर्नका लागि २२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रुपमा सरकारसमक्ष लबिङ गरेका थिए । साथै पर्यटन बोर्डले पनि यसबारे प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग बारम्बार छलफल गरेको थियो । अब नेपाल प्रवेश गर्नका लागि विदेशी पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सडकमार्गका प्रवेश बिन्दु (नाका)मै भिसा पाउनेछन् । तर, यस सम्बन्धमा सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय भने अझै सार्वजनिक गरेको छैन । सरकारको निर्णयसँगै नेपालले अनअराइभल भिसा खुला गरेका देशका नागरिकलाई अब नेपाल भ्रमण सहज हुने भएको छ ।