August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

कमजोर उत्पादन क्षमताका कारण व्यापार घाटा ७१ प्रतिशतले बृद्धि

कमजोर उत्पादन क्षमताका कारण व्यापार घाटा ७१ प्रतिशतले बृद्धि

चालु आर्थिक वर्षको पहिलो २ महिनामा मुलुकको व्यापार घाटा करिब ७१ प्रतिशतले बढेको छ । निर्यात बढाउने र आयात कम गरेर व्यापार घाटा कम गर्ने रणनीति नहुँदा ब्यापार घाटा बढेको हो ।
भन्सार विभागको नयाँ तथ्याङक अनुसार साउन र भदौमा मुलुकको व्याटा घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० दशमलव ७५ अर्थात १ खर्ब १२ अर्ब ७ करोड ४३ लाख १२ हजार रुपैयाँले बढी रहेको छ ।

Advertisement

पहिलो २ महिनाको अवधिमा निर्यात पनि उल्लेख्य बृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । सो अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामाग्री मुलुकबाट निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ सय १५ दशमलव ४३ प्रतिशतले बढी हो । ४४ अर्बको निर्यात हुदा सो अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बरारबको आयात भएको विभागको तथ्याङक छ ।

Advertisement

दुई महिनाको अवधिमा सबैभन्दा धेरै ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको इन्धन आयात भएको छ । यस्तै २८ अर्ब ५५ करोड ९५ लाख बराबरको फलाम र स्टील, २४ अर्ब ५१ करोड २ लाख बराबरको विद्युतीय मेसिनरी सामाग्रीहरु आयात भएको छ ।
कमजोर उत्पादन क्षमताका कारण नेपालले निर्यातयोग्य वस्तुको विविधीकरण गर्न सकेको छैन । परम्परागत वस्तुहरूको सीमित निर्यातले बढ्दो आयातलाई सन्तुलित गर्न सकेको छैन । यस सन्दर्भमा नेपालले उपयुक्त नीति बनाउनुपर्ने आवश्यकता लामो समयदेखि औँल्याइएको छ ।
नेपालका प्रयासहरूका कारण व्यापार घाटा कम भएको भए यसले मुलुकको समग्र अर्थतन्त्रमा दीर्घकालीन सुखद परिणाम दिनसक्छ तर कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीले अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको, नेपालले यसबखत आयात गर्न नसकेको, यसबखत आयात गर्न नसकिएका वस्तुको चाप कोरोनापछि बढ्ने हो भने यस अवधिमा देखिएको व्यापार घाटामा आएको कमी नितान्त प्राविधिक र क्षणिक मात्र हुनेछ ।