August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

नेप्से परिसूचक ६१ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ५० करोडमा सिमित

नेप्से परिसूचक ६१ अंकले घट्यो,  कारोबार रकम ६ अर्ब ५० करोडमा सिमित

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

Advertisement

Advertisement

आइतबार १२ उपसमूहमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ । यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ । बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे। आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक आशा लघुवित्तको मूल्य सामान्य बढेको छ। कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो। यसैगरी, दोस्रोमा फरवार्ड माइक्रोफाइनान्स संस्थापक सेयर र तेस्रोमा नेपाल बैंक परेका छन् ।