August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला

दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला

सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बिहान ७ बजेदेखि टिकट बुकिङ खुला गरेको हो । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

Advertisement

नयाँ बसपार्क, कलंकी, तिलगंगा, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएको छ । दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् । टिकट खुलेको पहिलो दिनदेखि नै राजधानिको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ ।

Advertisement

ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्टर’ थप गरिएको प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए । गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ।  अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ।नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।