August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

कुमारी बैंकद्वारा ८.६७ % लाभांश प्रस्ताव

कुमारी बैंकद्वारा ८.६७ % लाभांश प्रस्ताव

असोज १२, काठमाडौं ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र करसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

Advertisement