August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

प्रतितोला २०० ले घट्यो सुनको मूल्य

प्रतितोला २०० ले घट्यो सुनको मूल्य

असोज १४, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७०० तोकिएको छ । छापावाल सुन हिजो प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु ८८ हजार ४५० मा कारोबार भएको थियो ।महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १२० तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement