March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मुक्तिनाथ क्यापिटलको साधारण सभा कात्तिक २३ गते

मुक्तिनाथ क्यापिटलको साधारण सभा कात्तिक २३ गते

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

Advertisement