April 30, 2025, Wednesday
[nepali_today_date]

युएईको सवारी दुर्घटनामा नेपाली ३ कामदारको मृत्यु १४ नेपाली घाइते (विवरण यस्तो)

युएईको सवारी दुर्घटनामा नेपाली ३ कामदारको मृत्यु १४ नेपाली घाइते (विवरण यस्तो)

माघ ३, अबुधाबी
एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना हुँदा दुर्घटनामा परी ६ जनाको मृत्यु भएकोमा त्यसमा ३ जना नेपाली रहेको युएईस्थित नेपाली दुतावासले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।
दुर्घटनाको खबरपाएलगत्तै आबुधाबीस्थित नेपाली दूतावासका राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी इरफान आलम अस्पताल पुगेका छन । बसमा चालकसहित २४ सवार थिए ।

मृत्युहुने नेपाली को विवरण
कृष्णकुमारी अधिकारी, झापा
भावना कुँवर, प्यूठान
अमिसा मोक्तान तामाङ

यस्तो छ घाइतेको विवरणः
खालिफा सिटीमा रहेको एनएमसी अस्तालमा उपचाररत नेपाली
माया तामाङ, सिन्धुपाल्चोक
तुलसा थापा, झापा
सरिता थापा, सिन्धुपाल्चोक
सीता सुब्बा, इलाम
पवित्रा तामाङ, झापा
आबुधाबीको मार्फक अस्पतालमा उपचाररत नेपाली
रिता सिवाकोटी, मकवानपुर पालुङ
कमला नेपाली, चापागाउँ ललितपुर
मुना राना, खुदुनाबारी झापा
सुजला विश्वकर्मा (ठेगाना नखुलेको)
आशा घर्ती, दाङ
निर्मला प्रजा, चितवन
अल रहा अस्पतालमा उपचाररत नेपाली
मिना थिङ, हेटौंडा
सरिता तामाङ, नुवाकोट
वर्षा विक, सुनसरी

Advertisement