April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

विपन्न परिवारलाई नगद वितरणका लागि अर्थ मन्त्रालयद्वारा ५ अर्ब निकासा

विपन्न परिवारलाई नगद वितरणका लागि अर्थ मन्त्रालयद्वारा ५ अर्ब निकासा

अर्थ मन्त्रालयले विपन्न परिवारलाई नगद वितरणका लागि ५ अर्व रुपैयाँ निकाशा गरेको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रालयको निर्णयबाट उक्त रकम निकासा गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका थिए ।

Advertisement

विपन्न परिवारलाई नगद वितरणका लागि दिने भनिएको १० हजार नगद प्रदान गर्नका लागि अर्थमन्त्रालयले नगद निकाशा गरेको हो । उक्त रकम आवश्यक्ताको आधारमा स्थानीय तहबाट वितरण गरिने छ । रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध गराइने सरकारले जनाएको छ ।

Advertisement

गत भदौ २८ गते सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने घोषणा गरेको थियो ।

स्थानीय तहले आफ्नो कार्यविधि र मापदण्ड अनुसार यस्तो राहत वितरण गर्नेछन् । त्यसका लागि सम्बन्धित पालिकाले आवेदन माग गर्ने र परेको आवेदनलाई प्रमाणित गरेर सिफारिस गरेपछि वितरण गर्नेछन् । उक्त रकम पालिकालाई तोकेको सिलिङ अनुसार गएको हो ।
उक्त अनुदान रकम स्थानीय तहको समन्वयमा ०७८ को असोज महिनाभित्र पठाउने भनिए पनि मंसिर पहिलो सातामात्रै स्थानीय तहमा पठाइएको छ ।

सरकारले यस्तो निर्णय गरे लगत्तै कार्यकर्ताका लागि दिन लागेको भनेर त्यतिबेला सरकारको विरोध पनि भएको थियो । तर सरकारले भने यसलाई नयाँ अभ्यास भन्दै निर्णयको बचाउ गरेको थियो ।