March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै काठमाडौं उपत्यकामा १३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।
पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । यो अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या चार हजार ९७१ रहेको  मन्त्रालयले आइतबार जनाएको छ ।

Advertisement