March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेप्से ३० अंकले बढेर २६ सय विन्दुमा उक्लियो, साढे ४ अर्बको कारोबार

नेप्से ३० अंकले बढेर २६ सय विन्दुमा उक्लियो, साढे ४ अर्बको कारोबार

आइतबार उच्च अंकले बढेको सेयर बजार आज पनि दोहोरो अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार पुँजीबजार मापन गर्ने परिसूचक ‘नेप्से’ ३०.०३ अंकले बढेर २६१६.९४ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से ६०.४१ अंकले बढेको थियो। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार आज कूल चार अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३० वटा कम्पनीका ८२ लाख पाँच हजार ५२ कित्ता सेयर ५४ हजार ५०५ पटक किनबेच भएका छन्। यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा उक्लिएको छ।

Advertisement

Advertisement

आज उत्पादनबाहेकका उपसमूहहरु बढेका छन् । सो उपसमूह २ अंकले घट्यो । बैंकिङ २५, विकास बैंक ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र ब्यापार उपसमूह १८६ अंकले बढे । कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घट्यो । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ । गुराँस लघुवित्तको ९.४, एनआइसी एसिया लघुवित्तको ८.३, साल्ट ट्रेडिङको ८.१ र फर्स्ट माइक्रोफाइनान्सको ७.८ प्रतिशतले मूल्य बढ्यो ।

आज २८ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो स्थानमा अपी पावर र तेस्रोमा शिवम् सिमेन्ट्स परेका छन्।