नेप्से ४९ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
सेयर बजारमा मंगलबार पनि उच्च अंकको वृद्धि भएको छ । सेयर बजारको परिसूचक ४९.१९ अंकले बढेसँगै परिसूचक २८३४ अंकमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकम भने केही खुम्चिएको छ । सोमबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ । आज २३२ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ६ अर्ब ७२ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन १७० कम्पनीका सेयरधनीले कमाए । १९ कम्पनीको सेयर मूल्य घट्यो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपसमूहगत रुपमा हेर्दा उत्पादन ३१ अंकले घट्यो भने अरु सबै बढेका छन् । बैंकिङ ३, विकास बैंक १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अंकले बढे ।
७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । नबिल इक्विटी फण्डको सर्वाधिक ५ लाख २ हजार ८८६ कित्ता शेयर खरिदमाग रहेको छ । यस्तै,सिद्धार्थ इक्विटी फण्डको ४ लाख १२ हजार ९०० कित्ता,मध्य भोटेकोशी जलविद्युतको ४ लाख ४ हजार ९६४ कित्ता,सनराइज फस्ट म्युच्अल फण्डको ३ लाख ६१ हजार ४६२ कित्ता र अपि पावर कम्पनीको २ लाख ९६ हजार ९०१ कित्ता शेयर खरिदमाग भएको छ । माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ३.५ प्रतिशतले घट्यो । मंगलबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ८३ लाख २२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
#वृद्धि #सेयर बजार
प्रतिकृया दिनुहोस्