May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोवार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोवार ?

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तालोमा ९२ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावल सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँ प्रतितोलाबाट बढेर १२ सय ३५ रुपैयाँ मूल्य कामय भएको छ ।

Advertisement