May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

निक्षेपको ब्याज नबढने, ऋणीलाई मार्कामा पार्दे कर्जाको बढाईने

निक्षेपको ब्याज नबढने, ऋणीलाई मार्कामा पार्दे कर्जाको बढाईने

बैंकहरुले माघ महिनाको लागि पनि निक्षेपमा ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले माघका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।

Advertisement

प्रणालीमा निक्षेपको व्याज दर बढाएर पनि नयाँ निक्षेप नथपिएपछि पुस महिनाको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले व्याज दर नबढाउने सहमति गरेका थिए ।

Advertisement

नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष एवम् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले माघ महिनामा पनि व्याज दरको विषयमा बैकर्स साथीहरुको राय बुझ्ने काम भइरहेको बताएका छन् । संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘पुसमा जस्तै माघमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ ।’ ब्याजदर बढाए पनि निक्षेप नबढेकाले पुस महिनामा पनि वाणिज्य बैंक,

बैंकहरुले जस्तै विकास बैंकले पनि माघ महिनाको लागि निक्षेपमा व्याज नबढाउने प्रारम्भिक छलफल अघि बढाएका छन् । फाइनान्सको पनि व्याज नबढाउने अनौपचारिक कुराकानी भइरहेको छ ।

तथापि, बैंकहरुको आधार दर (बेस रेट) बढेका कारण कर्जाको ब्याजदर भने केही बढ्ने उनले बताए । उनले भने, ‘पुस मसान्तमा बैंकहरुको बेस रेट वृद्धि हुने र सोही अनुपातमा कर्जाको ब्याजदर पनि बढ्नेछ ।’
कर्जाको ब्याज बढाउने भएपछि ऋण लिएकाहरु अझै मर्कामा पर्ने भएका छन् । ऋणीको आयस्रोत गुमेको समय ब्याज बढाएर बैंकहरु बढी नाफा कमाउन केन्द्रीत भएको ऋणीले आरोप लगाएका छन् ।