नेपाल टेलिभिजनमा जागिर खुल्योः एक सयको हाराहारीमा कर्मचारी माग
१० माघ, २०७६, काठमाडौं ।
सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा चौथो तहदेखि सातौँ तहसम्म गरी करिव एक सयको हाराहारीमा कर्मचारी पदपूर्ति गर्न आज शुक्रबार दरखास्त आह्वान गरिएको छ ।
सातौँ तहमा वरिष्ठ समाचार सम्पादक १, वरिष्ठ निर्माता १ र इन्जियर पदमा ३ जना र छैटौँ तहमा प्रशासन अधिकृत ३, लेखा अधिकृत ३, दृश्य सम्पादक ३, समाचार सम्पादक ९, क्यामरा म्यान÷पर्सन ३, निर्माता ३, आर्टिस्ट १, कम्प्युटर अधिकृत १, ध्वनि नियन्त्रक २ र व्यापार प्रवद्र्धक २ जनाको लागि दरखास्त खुलाइएको छ ।
त्यस्तै, पाँचौँ तहमा वरिष्ठ सहायक प्रशासन २, वरिष्ठ सहायक लेखा ३, वरिष्ठ सहायक प्राविधिक ७, वरिष्ठ सहायक दृश्य सम्पादक ५, वरिष्ठ सहायक कम्प्युटर अपरेटर १, वरिष्ठ सहायक क्यामरा म्यान ३, वरिष्ठ सहायक समाचार ४ र वरिष्ठ सहायक कार्यक्रममा ४ जना माग गरिएको छ ।
त्यस्तैगरी, चौथो तहमा भने सहायक प्रशासन ६, सहायक प्राविधिक १८ र सहायक लेखामा १ जना माग गरिएको छ ।
अधिकृत तहका कर्मचारीका लागि कम्तीमा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र पाँचौँ तहका लागि प्रमाणपत्र तह तथा एसएलसी र चौथो तहका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
यी दुवै तहमा महिला तथा अपांगता भएकाहरुका लागि भने उमेरको हद ४० वर्षसम्म तोकिएको छ ।
इच्छुक उम्मेदवार फागुन १ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिकृया दिनुहोस्