March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

एकै दिन थपिए ४ हजार ९६१ कोरोना संक्रमित, ३ जनाको मृत्यु

नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार १४ हजार ५५६ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना देखिएको थियो। आज संक्रमण पुष्टि भएकामध्ये १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनाको एन्टिजन परीक्षण गर्दा ४२७ जनाको कोरोना देखिएको हो।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ। पछिल्लो २४ घण्टामा ४३५ जना निको भएका छन्।

Advertisement