सेयर बजार २० अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नजिक
सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको हो । यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ। आइतबारको तुलनामा आज कारोबार रकम भने घटेको छ। आज ७ अर्ब ९० करोडको कारोबार भएको छ। यसअघि आइतबार ९ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ। आज नेप्सेमा १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ अंकले बढेका छन्। यस्तै विकास बैंक उपसमूह २३ अंक, व्यापार उपसमूह ९ अंक, लघुवित्त ६ अंक, फाइनान्स उपसमूह ०.९२ अंकले घटेका छन्।
आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको भने स्थिर रह्यो । आज कारोबार भएकामध्ये भोटेकोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा सिंगटी हाइड्रोपावरको ८.१९ प्रतिशत, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.०१ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट कम्पनीको ७.७८ प्रतिशतले बढेको छ ।
आइतबार सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य आज सर्वाधिक २.१९ प्रतिशत गिरावट हुँदा समिट लघुवित्तको २.६९ प्रतिशत, युनिलिभर नेपालको २.५ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य २.०५ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक वृद्धि हुँदा धेरै रकमको सेयर कारोबार हुनेमा पनि हाइड्रोपावर कम्पनी नै रहेका छन् । अरूण भ्याली हाइड्रोपावरको करिब ४५ करोडको कारोबार हुँदा अपी पावरको ४१ करोड र अपर तामाकोशी हाइड्रोपावरको २४ करोडको कारोबार भएको छ । यस्तै नेपाल दूरसञ्चारको २३ करोड ९८ लाख र शिवम् सिमेन्टको २१ करोड १२ लाख बढीको कारोबार भएको छ ।
#सेयर बजार
प्रतिकृया दिनुहोस्