March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रदेश २ को राजधानी जनकपुरधाम कायम

प्रदेश २ को राजधानी जनकपुरधाम कायम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट दुई तिहाइ मतले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको थियो ।

उत्तरमा धनुषा ढल्केवरको पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग प्रदेश २ को राजधानी कायम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । जनकपुरधाममा दुई तिहाइभन्दा धेरै बहुमत परेकाले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव स्वतः निस्क्रिय भएको छ ।

जनकपुरधाम राजधानी भए पनि नाममा भने दलहरुबीच सहमति हुन सकेको छैन । स्थायी राजधानीको टुंगो लगाएसँगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।

Advertisement