एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
नेपलामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७ हजार ४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५ हजार ७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभर १४ हजार ३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
#कोरोना संक्रमण
प्रतिकृया दिनुहोस्