March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नब्बे लाख खोप मौज्दात, ३९ प्रतिशत लक्षित वर्गले पाएनन्

नब्बे लाख खोप मौज्दात, ३९ प्रतिशत लक्षित वर्गले पाएनन्

नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार नेपालमा अहिले कोरोना भाइरसविरुद्धको करिब ९० लाख मात्रा खोप मौज्दात रहेको बताइन ।

Advertisement

१८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।

मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ । पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक डा. रुद्र मरासिनी पनि यो कुरालाई स्वीकार्छन् । मरासनी भन्छन् “केन्द्रको स्टोर, प्रादेशिक र स्थानीय तहको तथ्याङ्क हेर्दा अहिले झन्डै ९० लाख खोपको मात्रा मौज्दात रहेको देखिएको छ ।”