March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

यी सवारी साधनमा लागू हुँदैनन् जोरविजोर प्रणाली (सूचीसहित)

यी सवारी साधनमा लागू हुँदैनन् जोरविजोर प्रणाली (सूचीसहित)

काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटका आधारमा सवारी सञ्चालन गर्न स्थानीय प्रशासनको निर्णयमा केही अन्योल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएको हो।  प्राप्त सूचनाअनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनहरू, निर्माण सामग्री बोक्ने सवारीसाधन लाई जोरबिजोर लागू हुने छैन ।

Advertisement

त्यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थाका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, बैंक, बीमा, बित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार सेवा प्रदायक निकाय कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि जोरबिजोर लागू हुने छैन । पत्रकारहरूको हकमा सूचना विभागबाट जारी प्रेस पास वा पत्रकार परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ भने सरकारी सवारी साधन र कूटनीतिक नियोगका सवारीसाधनलाई पनि जोरबिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Advertisement