May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार  ९२ जनाको नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण देखिएको हो । त्यस्तै आज  ७६६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् ।

आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।  नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement