March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

राष्ट्र बैंकले ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले आज ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ११ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो आउँदो २०७९ वैशाख १३ गते परिपक्व हुनेछ।

यो ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।  बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले स्पष्ट पारेको छ। बैंकिङ आवश्यकताका लागि डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ।

Advertisement