दुई ट्रक एकआपसमा ठोक्किँदा ३ को घटनास्थलमै मृत्यु,९ जना घाइते, घाइते मध्ये ५ को अवस्था चिन्ताजनक
१४ माघ, २०७६, काठमाडौं ।
दुई ट्रक एक–आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५को अवस्था चिन्ताजनक छ ।
भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन्।
ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो।
मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी रहेको प्रहरीले जनाएको छ । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छेन । दुर्घटनामा घाइते मध्ये ५ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
प्रतिकृया दिनुहोस्