May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

विगत १० वर्षदेखि छोरीमात्र जन्मिरहेको अनौठो गाउँ

विगत १० वर्षदेखि छोरीमात्र जन्मिरहेको अनौठो गाउँ

ठाउँको चर्चा धेरै किसिमले हुने गरेको छ । तर विश्वमा यस्तो गाउँ पनि छ जहाँ केबल छोरीको मात्र जम्म हुन्छ ।
पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउ यस्तैमा पर्दछ । पछिल्लो एक दशकयता उत्त गाउँमा छोराको जन्म भएको छैन । अर्थात विगत १० बर्षदेखि यस गाउँमा छोरी मात्र जन्मिएका छन् । यस गाउँमा छोरी मात्र जन्मन्छन् भन्ने विषयको खुलासा तब भयो जब अग्निशामकोको यूवा स्वयम्सेवकलागि एक क्षेत्रीय प्रतियोगिता भयो । जहाँ पूरै टिम केवल केटीहरुको मात्र थियो । ओद्रजेनस्की गाँउमा करिब ३ सय मानिको बसोबास छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएका छन् ।
१० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताएका छन् ।

 

Advertisement