May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी संकटबारे बताउँदै अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी संकटबारे बताउँदै अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् । रुसी संकटबारे छलफल गर्ने जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग छलफल गर्ने भएका हुन् ।
युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् ।
रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ । यही समय रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए । यस्ले कडा कदम चाल्नको लागि बाइडेनलाई अझ गह्रो पर्ने देखिन्छ ।

Advertisement