सुनसरीमा बस र माइक्रोबस जुध्दा श्रीमान-श्रीमती सहित ४ जनाको मृत्यु, ८ घाइते
१९ माघ ,२०७६, काठमाडौँ ।
सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदाश्रीमान श्रीमती सहित४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएको थियो ।
मृतकहरू सबै माइक्रोबस सवार रहेका थिए । मृत्यु हुनेहरुमा माइक्रोबस चालक दिपक खडका, झापा भद्रपुरका (श्रीमान(श्रीमती) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अन्य घाईतेहरूको नाम थर खुल्न सकेको छैन ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिकृया दिनुहोस्