May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

त्यसैगरी, दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर छ हजार ५९४ जनाको परीक्षण गर्दा कुल ४४ जनामा सङ्क्रमण देखिएको छ ।

Advertisement

२४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।