March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

एजेन्सी
विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रगतमा फेला पारिएको चाहिँ यो पहिलो पटक हो ।

Advertisement

वैज्ञानिकहरूले २२ जनाको रगतको नमुना परीक्षण गर्दा १७ जनाको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको प्रोफेसर डिक भेथाकलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटीभीले जनाएको छ । यो खोजसँगै प्लास्टिकजन्य पदार्थ मानव शरीरबाट विभिन्न अङ्गहरूसम्म पुग्न सक्ने प्रमाणित भएको छ ।

Advertisement

रगतमा पुगेको प्लास्टिकले के–कस्तो असर गर्छ भन्ने पत्ता लागिनसकेको भए पनि मानव कोषमा यसले गम्भीर क्षति पु¥याउन सक्नेबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । मान्छेले खाना, पानी र सास फेर्दा पनि सुक्ष्म प्लास्टिकका कणहरू निलिरहेका हुन्छन् । मान्छेको रगतमा पानीको बोतलमा प्रयोग हुने प्लास्टिक र खानेकुरा प्याकेजिङ गर्दा प्रयोग हुने प्लास्टिक धेरै भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सन् २०४० सम्म अहिलेभन्दा दुई गुणाले बढी प्लास्टिक उत्पादन हुने प्रक्षेपण चलिरहेको बेला मानिसको रगतमै प्लास्टिक पुग्ने कुरा अझ बढी जोखिमयुक्त भएको वैज्ञानिकहरूले बताएका छन् ।