March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निगमले फेरि बढायो इन्धनको मूल्य, एक लिटर पेट्रोल किन्न १६० रुपैयाँ खर्चनुपर्ने

निगमले फेरि बढायो इन्धनको मूल्य, एक लिटर पेट्रोल किन्न १६० रुपैयाँ खर्चनुपर्ने

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

Advertisement

निगमले पटक पटक बढाउँदै आएको इन्धनको मूल्य यसपल्ट पनि नोक्सानी बढेको भन्दै मूल्य बढाएको हो ।

Advertisement

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै एक लिटर पेट्रोल खरीद गर्नको लागि १६० रुपैयाँ खर्चनुपर्ने भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय रुपैया कायम गरेको छ ।