May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

अमेरिकी डीभीको नतिजा भयो सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

अमेरिकी डीभीको नतिजा भयो सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो । दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ ।
कसरी हेर्ने
www. dvprogram.state.gov  मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

Advertisement